Friday, January 14, 2011


बुद्धहरू फेरि जङ्गलमा


हजारौं  बर्षपछि
फेरि बुद्ध च्यानबाट  बौंड़ी  उठे
फेरि बुद्ध सहर घुम्न निस्के ।  पहिले  झैं ।  चिट्टिक्क भएर  ।

पहिलो   दृश्य-
बुद्धले धेरै बृद्धहरू  देखे । बाजे देखे। बोजु देखे।
सबैभन्दा अचम्म! उमेर नपुगी  बृद्द भएको देखे युवाहरू।
यौटा बाँझो  धरतीमा  सिसिपसको  कथा  देखे।

सोधे बुद्धले  छन्दकलाई-
उमेर नपुगी  किन  बृद्ध  भएका  यी  युवाहरू  ?
छन्दकले भने – कुपोषण/ बेकारी समस्या/ गरिबीले  वृद्ध भएका  हजुर !

दोस्रो दृश्य-
सहरमा  धेरै ज्युँदो   लाशहरू  देखे। हाड र छाला मात्र भएको  लाशहरू  सग्बाइरहेको  थियो।
सबैभन्दा अचम्म! जिउँदो मानिस  नै लाश  भएको  देखे।

फेरि सोधे बुद्धले- यो देशमा जिउँदै मानिस किन मरिरहेका  छन् ?
छन्दले भने- हजुर ! यो देशमा डाक्टर प्रशस्त छ। अस्पातल पनि छ।
तर यी मानिसहरूका  लागि न त डाक्टर छ न त अस्पातल नै।
यहाँ सबै हैजाले ग्रस्थ छ।
हजुर! यहाँ त व्यवस्था नै पो  बिमार छ।


तेस्रो दृश्य-
सड़कमा नाराहरू उम्लिरहेको  थियो  पाराको  डिग्रीमा।
जनताको  भिड़ थियो। जनताले  आफ्नो अधिकार  माग्दै  थियो।
यत्तिकैमा  पुलिसले  हाड़े डन्ठा  बर्षाउन  थाले।
नाराहरू  छरपष्ट  भयो। अधिकारहरू  रक्ताम्मे भयो।

बुद्धले फेरि सोधे-
यो  देशमा के भइरहेको छ  ?
छन्दकले  भने – यो  देशमा बोल्न पाइन्छ । तर बोल्न मनाइ छ।  अधिकार  खोज्न मनाइ छ। धेरै मनाइहरूको  थाक छ। यो  देशमा  उहिले  नै लेखिएको  यौटा कालो  इन्द्रजाल झैं  किताब छ। त्यस कालो किताबले जनतालाई शासन गरिरहन्छ।  त्यसलाई संविधान  भनिन्छ।

अलिक अघाड़ि निस्के  बुद्ध...

चौथों  दृश्य-
यौटा  युवक  बरको  रूखमुनि  फलेर  मरिरहेको  थियो।
झोलामा  केही  ड़िग्रीका  केही  सर्टिफिकेटहरू...
र  निवेदन पत्र।
अनि  धेरै  सुनौलो  सपनाहरू  थियो
डाइरीको  काप-कापमा।

यस समय भने बुद्धले  छन्दकलाई  केहि  पनि सोद्धन  सकेनन्।
यसरी  बुद्धले  अरू धेरै दृश्यहरू  देखे..........

बुद्धले  जे देखे छन्दकले देखेन-
मानिसका आँखामा सपनाहरू अझ पनि मरिसकेको  थिएन
सृजनशील हातहरूले  अझ पनि रेखा कोर्दै थिए।
पैतालाहरू अझ पनि थाकेका थिएनन्।



मुक्तिको  निम्ति बुद्धहरू  यससमय फेरि एकचोटि जङ्गल पसे।।





No comments:

Post a Comment